यस्तो छ, ५ करोडको फिटनेश पार्क (भिडियोमा)

यस्तो छ, ५ करोडको फिटनेश पार्क (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० कात्तिक ।

काठमाण्डौको सुन्धारास्थित सिटीसी मलको आठौ तलामा अन्तर्राष्ट्रिय स्तरको फिटनेश पार्क र स्पा स्थापना भएको छ । नेपालमै पहिलो पटक अत्याधुनिक र वातानुकुुलित (एयर कण्डिशनयुक्त) वातावरणमा फिटनेश पार्क र स्पाको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गरेका छन् । उद्घाटनकका क्रममा मन्त्री केसीले निजी क्षेत्रबाट खेलको विकासका लागि यसखालको लगानी हुनु अत्यन्त स्रहानिय भएको बताउदै संचालकप्रति धन्यवाद ज्ञापन गरे ।

विगत १६ बर्षदेखि मुलुकभरका फिटनेश सेन्टरहरुमा फिटनेश सम्बन्धी उपकरण तथा सामाग्री आपूर्ती गर्दै आएकोे मल्टिनेशनल विजनेश कन्सर्न (एमएनबिसि) फिटनेश च्वइसका सञ्चालक उत्तम सिलवाल र अर्का व्यवसायी हरिशंकर पुरी मिलेर सो फिटनेस पार्क एक बर्ष लगाएर स्थापना गरेका हुन् ।

फिटनेश पार्क कार्डियो सम्बन्धी शारिरीक व्यायामका लागि बेलायतको ब्राण्डेड पल्स फिटनेश उपकररण ल्याइएको छ । भने अन्य व्यायाम र शारीरिक सुगठनका लागि चीनमा निर्मित टप डीएचजेड ब्राण्ड र एम एल बिसी ब्राण्डका उपकरण ल्याइएको छ । सो पार्कको उद्घाटन कार्यक्रममा मन्त्री केसीले नेपाल जस्तो मुलुकका लागि आउटडोर भन्दा इनडोर खेलले नै सम्भावना बोकेको बताए ।

५ करोडको लगानीमा खोलिएको योे फिटनेश पार्कमा उच्चस्तरिय (क बर्गको) बिभिन्न फिटनेश उपकरण राखिएका छन् । यस्तै गोल्ड जिमबाट फिटनेश सम्बन्धी अध्ययन र तालिलम गरेका राष्टिय तथा अन्तर्राष्टियस्तरका विभिन्न विधामा गरी १५ जना प्रशिक्षकको व्यवस्था गरिएको छ ।

Logo