कसरी हुन्छ लिंग परिवर्तन ? यस्तो छ प्रक्रिया

कसरी हुन्छ लिंग परिवर्तन ? यस्तो छ प्रक्रिया

केन्द्रबिन्दु
0
Shares

कति यस्ता हुन्छन्, जसलाई आफू जुन रूपमा (केटा÷केटी) जन्मिएको हो, सो स्वीकार्य वा रुचिकर हु“दैन । आफू जन्मिएको भन्दा विपरीत लिंगको स्वभाव, प्रवृत्ति उनीहरुमा हावी हुन्छ । त्यही कारण उनीहरु आफ्नो लिंग बदल्न चाहन्छन्, ताकि जीवनभर आफ्नो इच्छा अनुसारको जीवन व्यतित गर्न सकियोस् । यसरी एक लिंगबाट आफूलाई दोस्रो लिंगमा रुपान्तरण गर्न सहज छैन, यद्यपि असम्भव पनि छैन ।

– यदि आफूले लिंग बदल्न चाहेको हो भने, त्यसका लागि मानसिक रुपले क्रमशः स्वयमलाई तयार गर्दै लानुपर्छ । जब आफू तयार भइन्छ, तब सोही अनुसार वातावरण आफू अनुकूल बनाउ“दै लानुपर्छ ।

– कुनै पुरुषको गुप्ताङ महिलामा परिवर्तन गर्नु एक लामो प्रक्रिया हो । युरोपियन सोसाइटी अफ युरोलोजीले एक एनिमेसनको मद्दतले यस प्रक्रियाको बारेमा जानकारी दिएको थियो । जसमा कसरी लिंग बदलेर पुरुषको लिंगलाई महिलाको योनीको रुप दिइन्छ ।

– जब शल्याक्रिया हुन्छ, पुरुषको लिंगको स्थानमा योनी बनाइन्छ वा योनीको स्थानमा लिंग । यसमा उनीहरुले यौन सन्तुष्टि प्राप्त गर्न सक्छन् । तर, यो शल्याक्रियाअघि उनीहरुको मनोवैज्ञानिक परीक्षण हुन्छ । साथै उनीहरुको स्वास्थ्यको पनि पुरै परीक्षण हुन्छ, ताकि शल्यक्रियापछि उनीहरु वास्तवमै बद्लिन्छन कि बद्लिदैनन् भनेर । किनभने शल्यक्रियास“गै उनीहरु भौतिक रुपमा मात्र होइन, मानसिक हिसाबले पनि बदलिनुपर्छ ।

– आफ्नो लिंग बदलेर दोस्रो लिंगमा रुपान्तरण हुन चाहनेले सुरुमा विपरितलिंगीको संगत गर्नुपर्छ, १८ महिनासम्म । जस्तो कुनै पुरुष महिला बन्न चाहन्छन् भने, उसले १८ महिना महिलाको संगत गर्नुपर्छ । महिलाकै जीवनशैली अनुसरण गर्नुपर्छ । साथै हर्मोन थेरापी पनि गराउनुपर्छ ।

– त्यसपछि खुट्टाको दुबैतर्फ चिरेर शल्यक्रिया गर्ने स्थान बनाइन्छ । अन्डाशय बाहिर निकालिन्छ । एवं प्रक्रियाले लिंगलाई योनीको आकारमा बदलिन्छ ।

– लिंगको तीन किसिमको नसालाई अलग गरिन्छ । जस्तो, जुन अंगले लिंगको महसुस गराउ“छ, जहा“बाट पिसाव र वीर्य श्राव हुन्छ, ती सबैलाई अलग गरिन्छ । पिसाब उत्पादन हुने स्थानलाई छाडेर बा“की अंग काटिन्छ । लिंगलाई योनीको आकारमा बदलिन्छ र योनीद्वार बनाइन्छ ।

– यो शल्यक्रिया लगातार ६ घण्टासम्म चल्न सक्छ । अध्ययनहरुमा पाइएको छ, लिंग परिवर्तन पछि उनीहरु राम्रो यौन जीवन जीउन सक्छन् । जसरी पुरुषबाट महिलामा रुपान्तरण हुन्छन्, उसैगरी महिलालाई पनि पुरुष बनाइन्छ ।

– मेडिकल साइन्सको सहयोगले पुरुष बन्न अलि गाह्रो छ । तर, महिला बन्न सजिलो छ ।

– अढाई वर्षको अवधिमा चिकित्सकले करिब ६ वटा शल्यक्रियाबाट लिंग परिवर्तन गरिदिन सक्छ ।

– लिंग परिवर्तन प्रक्रियाको प्रारम्भमा आवश्यकता अनुरुपको (पुरुषलाई महिला÷महिलालाई पुरुषको) हार्मोनको डोज दिन सुरु गरिन्छ ।

– हार्मोनको निश्चित डोज दिएपछि शल्यक्रिया सुरु गरिन्छ ।
     

(एजेन्सी)

 

Logo