डन्डिफोर छ ? यसरी पनि हटाउन सकिन्छ

डन्डिफोर छ ? यसरी पनि हटाउन सकिन्छ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ८ कात्तिक ।

किशोरवयमा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ । यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ । हाम्रो छालामा स–सना रोम–छिद्र हुन्छन् । त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ । र, स–सना फोका उठ्ने, घाउ बन्ने हुन्छ ।

यस्तो समस्या तैलीय छाला (ओयली स्किन) भएकाहरुमा बढी देखिन्छ । यद्यपि कतिपयमा भने तैलीय छाला नभए पनि डन्डिफोर आउन सक्छ ।

तेल ग्रन्थीले तेलको अधिक उत्सर्जन गर्दा छालाको रोमछिद्र बन्द हुनुपुग्छ र डन्डिफोर आउछ । शारीरिक र हार्मोनल परिवर्तनले पनि अधिक तेल उत्पादनमा भूमिका खेल्छ ।

केही दूधजन्य उत्पादनमा उच्च मात्रामा क्याल्सियम र चिनी पाइन्छ, जसले डन्डिफोरलाई बढावा दिन्छ । एस्ट्रोजेनयुक्त औषधी पनि डन्डिफोरको कारण हो । मेकअपका लागि प्रयोग गरिने सौन्दर्य प्रसाधनमा रहेको रसायन सही ढंगले पखालिएन भने त्यसले समेत डन्डिफोर निम्त्याउाछ ।

उपचार विधि

मसुरोको दाल 

मसुरको दाल डन्डिफोर हटाउन समेत उपयोगी हुन्छ । यसका निम्ति मसुरोको दाललाई पानीमा भिजाएर पिस्नुपर्छ । उक्त पेस्टमा एक चिम्टी बेसार मिलाउने । अब त्यसलाई राम्ररी अनुहारमा लगाउनुपर्छ । केही समयपछि सफा पानीले पखाल्नुपर्छ ।

बेसार र बेसनको फेस प्याक
२ चम्चा बेसनमा एक चौथाई चम्चा बेसार मिलाउने । त्यसमा गुलाब जल र कााचो दूध मिसाएर पेस्ट तयार गर्ने । यदि अनुहार तैलीय छ भने दूधको ठाउामा पानी पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारमा दिनहुा लगाउनुपर्छ, डन्डिफोरको समस्याबाट मुक्ति पाइन्छ ।

बरफ
आइसक्युब अर्थात् बरफ पनि डन्डिफोर हटाउनमा उपयोगी हुन्छ । आइसक्युबले आफ्नो अनुहारमा रगड्नुपर्छ । यसले डन्डिफोर भएको स्थानमा रक्तसंचार तीव्र हुन्छ ।

मह 

मह एक उत्कृष्ट उत्पादन हो, जसले डन्डिफोरबाट तुरुन्तै आराम दिन्छ । महमा कपास डुबाएर डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ । आधा घण्टापछि मनतातो पानीले पखाल्नुपर्छ ।

कागती 

सौन्दर्यका लागि कागती उत्कृष्ट विकल्प हो । यसमा भिटामिन सी पाइन्छ । कागतीको रस प्रयोग गरेर अनुहार सफा गर्दा डन्डिफोरबाट छुटकारा पाइन्छ ।

चामल 

रातभर एक कप चामल भिजाएर राख्ने । बिहान पानी छानेर पिस्ने । त्यसमा केही थोपा कागतीको रस चुहाइदिने । उक्त लेप डन्डिफोर भएको स्थानमा लगाउनुपर्छ, ठीक हुन्छ ।

लसुन 

डन्डिफोरको प्राकृतिक उपचारका लागि लसुन फाइदाजनक हुन्छ । केही लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । उक्त रसमा कागतीको रस मिसाउनुपर्छ । त्यो मिश्रण अनुहारमा लगाएर १० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

बाफ 

पानीको बाफले पनि अनुहारमा रहेको डन्डिफोर हटाउन सहयोग गर्छ । बाफले छालाको रोमछिद्र खुल्छ । साथै यो यस्तो प्रक्रिया हो, जसले छालामा रहेको फोहोर मैला समेत हटाउाछ ।

(एजेन्सीको सहयोगमा)

Logo