अन्धाधुन्ध जिम जानुहुन्छ ? यी कुरा जान्नुहोस्

अन्धाधुन्ध जिम जानुहुन्छ ? यी कुरा जान्नुहोस्

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ७ कात्तिक ।

जिमको आफ्नै विधि छ, त्यसैले जथाभावी जिम गर्दैमा सोचेजस्तो परिणम हासिल हुँदैन । बरु त्यसले उल्टो असर गर्न सक्छ । हालै मात्र भारतमा एक युवा जिमकै कारण ज्यान गुमाएको खबर छाएको थियो । त्यसैले जिम जानुअघि त्यसको विधि, प्रकिया आदिबारे जान्नैपर्छ ।

४० मिनेट मात्र
सबैभन्दा पहिला के निश्चित गरौँ भने तपार्इं दैनिक वर्कआउटका लागि कति समय दिन सक्नुहुन्छ ? किनभने वर्कआउट ४० मिनेटभन्दा कम र डेढ घण्टा भन्दा बढी हुनुहुँदैन ।

केही खानुहोस्

जिम जानु १५ मिनेटअघि केही खानु राम्रो हो । यद्यपि धेरै चाहिँ होइन । जस्तो, चिया र बिस्कुट, फल वा जुस । खाली पेट वेट ट्रेनिङ गर्दा सोचेजस्तो नतिजा हासिल नहुन सक्छ । के अवधारणा छ भने, व्यायाम खाली पेट गर्नुपर्छ । यो नियम योग एवं प्राणायामका लागि हो । जिममा वर्कआउटका लागि पर्याप्त एनर्जी हुनु आवश्यक छ । खाली पेट जिम गर्दा एसिडिटी बढ्न सक्छ ।

वार्म–अप गर्नुहोस्

वार्म–अप, एकदमै जरुरी छ । तर, आवश्यकताभन्दा बढी वार्म–अप गर्नु मूर्खता हो । वार्म–अपका लागि कार्डियो एकदमै राम्रो विकल्प हो ।

पोजिसनको ख्याल राखौं

जिम गरेको समय तपाईंको पोजिसन सही हुनुपर्छ । कुनै पनि व्यायाम दुईदेखि तीन सेट आवश्य गर्नुपर्छ । प्रति सेटमा आफ्नो सामथ्र्यको हिसाबले तौल बढाउनुहोस् ।

वर्क–आउटमा सबै व्यायाम पहिला सही तरिकाले सिक्नुपर्छ । सुरुआती दिनमा ट्रेनरसँग बसेर मात्र वर्क–आउट गर्नुपर्छ ।

विश्राम लिनुहोस्

वर्क–आउटमा प्रति व्यायामको विचमा एक मिनेटको विश्राम लिनुपर्छ । त्यसैले दोस्रो व्यायाम गर्ने समय तपाईंको मुटुको धड्कन सामान्य अवस्थामा रहन्छ ।

हप्तामा तीन दिन वेट र कार्डियो ट्रेनिङ

हप्तामा तीन दिन वेट ट्रेनिङ र तीन दिन कार्डियो गर्नु राम्रो हो । यसले बडी टोनिङ पनि हुन्छ र स्टामिना पनि बढ्छ ।

वेट ट्रेनिङको दिन पनि वर्क–आउट, लोअर वर्क–आउट एवं सोल्डर वर्क–आउटमा बाँडौ । साथै कार्डियो गर्ने दिनमा एब्स एक्सरसाइज गरौं । यसरी चार्ट बनाएर व्यवस्थित ढंगले वर्क–आउट गर्दा तपाईंको लगाव पनि हुन्छ र नतिजा पनि राम्रो हुन्छ ।

(प्रशिक्षकसँगको कुराकानीका आधारमा)

Logo