खुसी प्रकृतिले दिएको निशुल्क उपचार

खुसी प्रकृतिले दिएको निशुल्क उपचार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क
काठमाडौं, ६ कार्तिक । दुनियाँमा त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले आफ्नो प्राकृतिक खुसी गुमाएका हुँदैनन् । जतिसुकै गाह्रो, अप्ठ्यारो परिस्थितीमा पनि उनीहरुले खुसी हुन सिकेका हुन्छन् । उनीहरुलाई थाहा हुन्छ कि, दुखी हुँदैमा समस्याको समाधान निस्कदैन ।

उनीहरु खुसी हुन्छन् । तर, यसको मतलब उनीहरुको जीवनमा कुनै पीडा, अभाव, समस्या हुँदैन भन्ने पनि होइन । त्यस्ता कुराले पनि उनीहरुलाई बेलाबेलामा सताउने गर्छ । तर, त्यसबाट बिचलित भएर आफ्नो खुसी गुमाउने अवस्था आउन दिदैनन् । उनीहरु व्यार्थ चिन्ता छाडेर अक्सर हाँसीखुसी रहन्छन् ।

प्रश्न उठ्छ, जब उनीहरु खुसी हुन्छन् भने बाँकी मानिसहरु किन खुसी हुन सक्दैनन् ? आखिर उनीहरुमा त्यस्तो के गुण हुन्छ, जसले तनावका बीचमा पनि हाँसीखुसी बाँच्ने शक्ति उनीहरुलाई दिन्छ ?

यो उनीहरुको स्वभावसँग जोडिएको कुरा हो । सधै खुसी र सुखी हुने मानिसहरुको केहि निजी स्वभाव हुन्छ, जो अरुमा हुँदैन ।

मानविय स्वभाव के हुन्छ भने, राम्रो भन्दा नराम्रो कुरा बढी खोतल्ने । हामीलाई नराम्रो कुुराले छिटै असर पनि गर्छ । अक्सर मानिस अर्कामा भएको कमी कमजोरी, त्रुटी बढी देख्छन् । कसैको सकारात्मक पक्ष भन्दापनि नकारात्मक एवं कमजोर पक्ष केलाउने गर्छन् । त्यसैमा चियोचर्चा पनि बढी गर्छन् ।

तर, सबै मानिस त्यस्ता हुँदैनन् । कति मानिस अरुको राम्रो खुबी, क्षमता, बिचार खोज्छन् । एउटा मानिस सर्बगुणी हुँदैनन् र दोषै दोषले भरिएका पनि हुँदैनन् । उनीहरुमा गुण हुन्छ र दोष पनि । तर, अर्काको गुण खोज्ने मानिस कमै हुन्छन् । तिनै कम मानिसहरु हुन्, जो खुसी हुन्छन् । यस्ता मानिस अरुको सकारात्मक पक्षमा ध्यान दिन्छन् । यहि कुराले उनीहरुलाई दुखी हुन दिँदैन ।

हामी एकअर्कामा इष्र्याको भावना बढी राख्छौं । अरुलाई होच्याउन पाउँदा, अरुलाई पेल्न पाउँदा सन्तुष्ट भएको महसुस गर्छौ । तर, सधै खुसी रहने मानिसमा यस्तो स्वभाव हुँदैन । उनीहरु अरुलाई पीडा दिएर खुसी हुदैनन् । बरु सहयोग र सर्मपणको भावना राख्छन् । सबैप्रति सौहाद्र्धपूर्ण व्यवहार गर्ने भएकाले उनीहरु खुसी रहन्छन् ।
आफुले गरेको गल्तीमा माफी माग्न र अरुको गल्तीमा माफी दिन पनि यस्ता व्यक्तिले कञ्जुस्याँई गर्दैनन् । यसले उनीहरुको मस्तिष्कमा अनावश्यक भार रहँदैन । मन हल्का हुन्छ । त्यही कारण उनीहरु दुखी हुँदैनन् ।

सधै खुसी हुने व्यक्तिको स्वभाव के हुन्छ भने, परिवार, साथी, इष्टमित्र सबैसँग सन्तुलित र सहयोगी व्यवहार गर्ने । यसले उनीहरुप्रति कसैको नकारात्मक भाव पैदा हुँदैन । सबैले सहयोग र समर्पणको भावले हेर्छन् ।

परिवारका सदस्य, साथीभाई, आफन्तको एउटा ठूलो जमातलाई आफुप्रति सकारात्मक राख्ने स्वभाव भएकाले उनीहरु कुनैपनि झन्झटबाट चाडै मुक्त पनि हुन्छन् । किनभने उनीहरुको समस्या समाधानका लागि सबैजना एकजुट भएर लागि पर्छन् । त्यही कारण साथी, परिवार, आफन्तसँग मिलनसार व्यवहार गर्ने मान्छेले दुखी हुनु पर्दैन ।

Logo