चाडबाडमा हुनसक्छ एसिडिटी, यसरी बच्न सकिन्छ

चाडबाडमा हुनसक्छ एसिडिटी, यसरी बच्न सकिन्छ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु, ३० असोज ।

हाम्रो पेटमा बन्ने एसिड वा अम्लले त्यो भोजनलाई पचाउने काम गर्छ, जो हामी खान्छौं । तर, कतिपय अवस्थामा पचाउनका लागि पेटमा पर्याप्त भोजन हु“दैन वा एसिड आवश्यक मात्राभन्दा बढी बन्छ । यसले एसिडिटी वा अम्लीयताको समस्या हुन्छ ।

खासगरी मसालेदार खानेकुरा एसिडिटीको कारण बन्ने गरेको छ । यस्तो खानेकुरा पचाउन गाह्रो हुन्छ र एसिड पैदा गर्ने कोशिकाले आवश्यकताभन्दा बढी एसिड बनाउनका लागि उत्तेजित गर्छ ।

खासगरी लगातार घरबाहिरको खानेकुरा खाने, लामो समय भोको बस्ने, अनियमित तरिकाले खानेकुरा सेवन गर्ने, मसालेदार खानेकुरा खाने, तनाव लिने जस्ता कुराले एसिडिटी हुन्छ ।

यसबाट बच्ने उपाय

पानी–
बिहान उठ्नासाथ मनतातो पानी सेवन गरौं । रातभर पेटमा बनेको आवश्यकताभन्दा बढी एसिड वा अनावश्यक तत्व पानीको माध्यमबाट शरीर बाहिर निस्कन्छ ।

फल–
केरा, तरबुजा, मेवा, कांक्रा जस्ता फलफूल खानेकुरामा सामेल गरौं । यी फलको रस एसिडिटीको उपचारमा प्रभावकारी हुन्छ ।

नरिवल पानी–
यदि कसैलाई एसिडिटीको समस्या छ भने नरिवल पानी लाभदायक हुनसक्छ ।

अदुवा–
अदुवाले पाचन क्रियालाई राम्रो बनाउ“छ ।

दूध–
भोजनको अम्लीय प्रभावलाई दूधले पूर्ण रुपमा निष्प्रभाव बनाउ“छ । यद्यपि एसिडिटीको उपचारका लागि दूध लिनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने कतिपय व्यक्तिमा दूधले एसिडिटी बढाउन पनि सक्छ ।

सब्जी–

सिमी, बन्दागोभी, गाजर जस्ता सब्जीले एसिडिटी बढ्न दि“दैन ।

कार्बोहाइड्रेट–

कार्बोहाइड्रेटले भरपुर खानेकुरा जस्तो कि चामलले एसिडिटी रोक्छ । किनभने यस्तै भोजनको कारण पेटमा एसिड कम मात्रामा बन्छ ।

व्यायाम–

नियमित व्यायाम र ध्यान क्रियाले पेट, पाचन यन्त्रलाई चुस्त, तन्दुरुस्त राख्छ । त्यसैले नियमित रूपमा व्यायाम गर्नुपर्छ ।

(एजेन्सी)

 

Logo