जानौं ७ विधि, जसले नियन्त्रण गर्छन् मधुमेह

जानौं ७ विधि, जसले नियन्त्रण गर्छन् मधुमेह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ असोज ।

अस्वस्थ्यकर जीवनशैली र खानपानले मधुमेह रोग लाग्ने संभावना बढाउँछ । अहिले आएर त साना बच्चाहरु समेत यसको सिकार भएको पाइएको छ ।

अहिले मधुमेह रोगी दिनहँ बढ्दो छन् । अस्तव्यस्त जीवनशैली, खराब खानेकुरा र व्यायामको कमीले मधुमेह जस्ता रोग निम्याउने गर्छ । जब मधुमेहले समात्छ, तब त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ । मधुमेह पूर्ण रूपमा निर्मूल हुने पनि होइन, बरु यसलाई नियन्त्रित भने गर्न सकिन्छ ।

मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त ?

१. खानामा जौ सामेल गर्ने
जौ सजिलै उपलब्ध हुने अन्न हो । यदि हामीले खानाको रुपमा जौको प्रयोग गर्ने हो भने यसले ब्लड सुगर लेभल नियन्त्रण गर्छ । किनभने जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले शरीरमा ग्लुकोजको स्टोरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

२. टहल्ने
विशेषज्ञका अनुसार बिहान र साँझ नियमित रुपमा १५ मिनेट हिँड्ने गर्नुपर्छ । यसले शरीरमा ब्लड सुगर लेभललाई नियन्त्रण गर्छ । मधुमेह रोगीका लागि हिँड्डुल गर्नु राम्रो व्यायम हो ।

३. मेथी
ब्लड सुगर लेभल नियन्त्रण राख्नका लागि मेथी निकै राम्रो खाद्य पदार्थ हो । यसका लागि एक चम्चा मेथी पाउडर तातो दूधमा मिलाएर दिनहुँ पिउनुपर्छ । यसले तपाईंको ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

४. फल खाने
ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

५. सब्जी खाने
पालक, गोभी, करेला, लौका जस्ता सब्जी मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सी र म्याग्नेसियम धेरै हुन्छ ।

६. प्रसस्त पानी पिउने
मधुमेह रोगीले दैनिक अढाइ लिटर पानी पिउनैपर्छ । यसले मधुमेह नियन्त्रण गर्न सघाउ पु¥याउँछ ।

७. भिटामिन डी
शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सही मात्रामा भिटामिन डी लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ । (एजेन्सीको सहयोगमा)

 

Logo