सेक्सको विषयमा उदार बन्दै चिनियाँ समाज

सेक्सको विषयमा उदार बन्दै चिनियाँ समाज

केन्द्रबिन्दु
0
Shares

एजेन्सी : चीनकी पहिलो सेक्सोलोजिस्ट लि यिन्हीले चीनियाँहरुमा यौनलाई लिएर पछिल्लो २० वर्षभित्र ठूलो परिवर्तन देखिएको बताएकी छिन् । सन् १९८९ मा उनले सर्वेक्षण गर्दा १५ दशमलव ५ प्रतिशतले मात्रै बिहेअघि यौनसम्पर्क राख्ने गरेका थिए ।

तर दुई वर्षअघि यिन्हीले नै गरेको सर्वेक्षणमा ७१ प्रतिशतले बिहेअघि नै यौनसम्पर्क गर्ने गरेको निष्र्कष निस्कियो । यस सर्वेक्षणलाई उनले आफ्नो करियरकै सबैभन्दा ठूलो परिवर्तनका रुपमा लिएकी छिन् । सन् १९९७ सम्म चीनमा बिहेअघि यौन वर्जित थियो ।

बिहेअघि यौनसम्पर्क राख्ने कानूनी छुट त्यतिबेला थिएन । तर अहिले चिनियाँ बजारमा प्रोनोग्राफी, यौनधन्दा र रात्री पार्टीमा छुट छ । १९९६ मा यौन व्यवसाय चलाएको आरोपमा एक होटल सञ्चालकलाई पक्राउ गरेर प्रहरीले आजीवन काराबासको सजाय सुनाएको थियो ।

तर अहिले चीनमा यस्तो गतिविधीलाई सामान्य रुपमा लिइन्छ । १९८० सम्म चीनमा यौनजन्य पुस्तक प्रकाशित गर्नेहरुलाई आजीवन कारावासकै सजाय हुन्थ्यो । त्यस्तै सेक्स पार्टी आयोजना गर्न छुट थिएन । तर अहिले यौनजन्य पुस्तक प्रकाशित गर्नेहरुलाई सामान्य कारबाही गरिन्छ भने प्रतिबन्धका बाबजुद सेक्स पार्टीहरु आयोजना भइरहन्छन् ।‘ त्यस्ता पार्टीका सम्बन्धमा कसैले ध्यान नै दिदैँन र प्रहरीमा उजूरी समेत पर्दैन,’ लि भन्छिन् ।

लिगले अ मेरिकाको पिट्सवर्गमा समाजशास्त्र अध्ययन गरेकी थिइन् । उनी ८० को दशकमा चीन फर्किइन् । त्यतिबेलासम्म माओको सोचअनुसार नै चिनियाँ समाज चलेको थियो । कम्युनिष्ट शासनका सुरुआती दिन प्रेमका सम्बन्धमा लेख्नेहरलाई बुर्जुवा भनिन्थ्यो । १९५० पछि प्रेम सम्बन्धि रचनाहरुको प्रकाशन बढ्दै गयो । तर ८० को दशकसम्म पनि यौनका विषयमा लेख्न छुट थिएन ।

लिको द सवकल्चर अफ होमोसेक्सुआलिटी नामक पुस्तक सन् १९९८ मा प्रकाशित भएको थियो । तर उनको पुस्तक ति व्यक्तीले मात्रै किन्न पाउने जोसँग आफ्ना मालिकहरुले दिएको इन्भिटेशन लेटर थियो वा जो माथिल्लो तहका जागिरे थिए ।

त्यही समयमा प्रकाशित भएको उनको अर्को पुस्तक द सवकल्चर अफ साडोमासोचिस्म अझै उत्तेजक थियो । ‘मलाई यो पुस्तकका सबै कपीहरु जलाउन निर्देशन आएको थियो । त्यतिबेलासम्म ६० हजार प्रति बिकिसकेको थियो । त्यसैले जलाएर पनि फरक पर्ने केही थिएन,’ विगत संझदैँ लि भन्छिन् ।

बाईसेक्सुआलिटीका विषयमा तयार पारिएको एउटा पुस्तकलाई उनले चिनियाँ भाषामा रुपान्तरण गरेकी थिइन् । तर कुनै पनि प्रकाशन गृहले यसलाई छाप्न मानेनन् । त्यसपछि उनले यसका लागि हङकङमा प्रकाशनगृह खोज्नुपर्यो‍‍‍ ।

बिस्तारै कम्युनिष्ट पार्टीले यौनलाई निजी मामिलाका रुपमा हेर्न थाल्यो । त्यसपछि लिले आफ्नो स्वतन्त्रता कायम राख्दै शैक्षिक अनुसन्धान गर्न तथा लेखहरु प्रकाशित गर्न छुट पाइन् । ‘बिस्तारै चिनियाँ सरकारले स्वतन्त्रता दिदैँ गयो । तर यौनका विषयमा पुस्तक लेख्दा आफ्नै साथिभाई र सामान्य पाठकहरुले प्रतिक्रिया राम्रो दिदैँ थिएन ।’– सेक्स इन चाइना पुस्तकका सहलेखक डाक्टर हाइक्विङ यू भन्छन् ।

लिको बुझाईमा यौनका विषयमा खुला धारणा तय हुनमा एक बच्चा नीतिले पनि ठूलो भूमिका खेलेको लिको बुझाई छ । ‘ सन् १९७९ देखी २०१५ सम्म यो नीति लागू भएपछि प्रजननकै लागि मात्रै यौनको महत्व रहन्छ भन्ने आमबुझाई कम हुनथाल्यो । अब यौनलाई मनोरन्जनको साधनका रुपमा पनि लिइन थालियो । यसपछि चिनियाँ समाजमा ठूलै परिवर्तन देखिन थाल्यो । मानिसहरुको दिमाग र व्यवहारमा परिवर्तन देखियो । ’

लिले टियानजिनमा यौन सम्बन्धि लेक्चर दिदाँ झन्डै १ हजारभन्दा धेरैले उनको भाषण सुनेका थिए । मानिसभित्र रहेको यौनकुण्ठालाई पोख्न त्यस्ता भाषण तथा यौनसँग सम्बन्धित पुस्तकले ठूलो भूमिका खेल्ने गरेको लिको बुझाई छ । लिलाई केही समयअघि एक ब्लगरले लेस्वियनको आरोप लगाएका थिए । सन् २०१४ को डिसेम्बरमा उलने १८ वर्षको एक ट्रान्सजेन्डर पूरुषसँग आफ्नो सम्बन्ध रहेको भन्दै जवाफ फर्काइन् । उनले त्यस्तो जवाफ फर्काउनसाथ समाज उनीप्रति थप सकारात्मक देखियो । उनी र १८ वर्षका उनका पार्टनरलाई पिपुल्स विक्लीले आफ्नो कभरमा छाप्यो । लि भन्छिन्,‘अहिले ट्रान्ससेक्सुयालिज्म होमो सेक्सुयालिटीको तुलनामा चिनियाँ समाजमा धेरै स्विकार्य छ ।’

सन् २००१ अघिसम्म चीनमा होमो सेक्सुयालिटी अर्थात समलिङगी व्यवहारलाई मानसिक रोगको उपमा दिइन्थ्यो । अहिले त्यस्तो अवस्था नभएपनि समलिङगीहरुका अधिकार भने अझै सिमित छन् ।

चीनमा अझै समलिङगी विवाहले कानूनी मान्यता पाएको छैन् । कार्यालयमा समलिङगीहरुले सुरक्षाको ग्यारेन्टी पाउँदैनन् । गत वर्षमात्रै चिनियाँ डाक्टरले समलिङगीको उपचार गर्ने बहानामा उनलाई इलेक्ट्रोसक थेरापी गराएको भिडियो सार्वजनिक भएको थियो ।

तर यसका बाबजुद लिग चीनमा बिस्तारै समलिङगीहरुले अधिकार पाउने बताउँछिन् । चीनमा समलिङगी पूरुष तथा महिलाहरु सार्वजनिक रुपमा देखिदैँनन् । तर केही वर्षयता केही समलिङगीहरुले सार्वजनिक रुपमा हिडँडूल गर्न सुरु गरेका छन् ।

लिग आफैँले थुप्रैपटक चिनियाँ संसदमा समलिङगी विवाहलाई मान्यता दिन आग्रह गदैै थुप्रै प्रस्ताव पठाएकी छिन् । उनी एकदिन चिनियाँ समाजमा समलिङगी विवाहले मान्यता पाउँनेमा ढुक्क छिन् । तर कहिले पाउँछ त यस्तो विवाहले मान्यता भन्नेमा उनलाई कुनै आँकलन छैन् ।

यत्ति भन्छिन्,‘एकदिन समलिङगीहरुको पनि सम्मान हुनेछ ।’

फोउकल्ट नाम गरेका एक फ्रान्सेली दार्शनिकले भनेका थिए,‘संसारमा त्यस्तो कुनै पनि समाज थिएन जहाँ यौन पूर्णतया खुला होस् । यो मामिलालाई सधैँ दबाउन खोजियो । प्रतिबन्धहरु लगाइयो । तर मेरो बुझाईमा यौनलाई समाजमा जतिधेरै स्वतन्त्रता दिइन्छ । मानिसहरु त्यति नै धेरै खुसी हुन्छन् ।’

(बीबीसीबाट)

Logo