डा केसीसित वार्ता गर्न उच्चस्तरीय सरकारी टोली गठन

डा केसीसित वार्ता गर्न उच्चस्तरीय सरकारी टोली गठन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १२ साउन ।

सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको माग सम्बोधन गर्न उच्चस्तरीय वार्ता टोली बनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न शिक्षा सचिव नेतृत्वको वार्ता टोली गठन गरेको हो ।

अब फेरि वरिष्ठ चिकित्सक केसीले आमरण अनसन बस्न नपर्ने गरी समस्या समाधान गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव र स्वास्थ्य सचिव सदस्य रहेको उच्चस्तरीय वार्ता टोली बनाइएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एकीकृत चिकित्सा ऐन पारित गर्नुपर्ने लगायतका ७ बुँदे माग राख्दै वरिष्ठ चिकित्सक केसी ११ औं पटक पुनः आमरण अनसनमा बसिरहेका छन् ।

Logo