बिहानको यौन–क्रिया, कति फाइदा

बिहानको यौन–क्रिया, कति फाइदा

केन्द्रबिन्दु
0
Shares

व्यस्त दिनचर्याले अक्सर दम्पतीको रसरंगपूर्ण रात्री जीवन पातलिदै गएको छ । दिनभरको काम, थकान र तनावको कारण उनीहरुलाई आपसमा अन्तरंग पल साट्न त्यती जाँगर चल्दैन ।

खासगरी कामकाजी दम्पतीका निम्ति राती यौन–सम्पर्क गर्ने समय कम हुन्छ । मानसिक तथा शारीरिक थकानले गर्दा उनीहरु खुलेर यौन–क्रियामा सहभागी हुन सक्दैनन् ।
यस्तो अवस्थमा के गर्ने ? जवाफ सरल छ, ‘यौन क्रियाका लागि बिहानको समय छनौट गर्ने ।’

विहान ओछ्यान छाड्नुअघि दम्पतीले अन्तरंग समय व्यातित गर्न सक्छन् । यसले उनीहरुको यौन जीवन त सुरुचीपूर्ण हुने नै भयो, साथै यो कार्यले बेग्लै ताजगी ल्याउँछ । शरीरमा रक्त प्रवाह बढाउ“छ । मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ । विभिन्न अध्ययनहरुको निचोड यस्तै रहेको छ ।

यौन इच्छामा बृद्धि
बिहान हामी फ्रेस हुन्छौ । तनाव र थकान हुदैन । त्यसैले यौन सम्पर्क गर्दा चरोमोत्कर्षमा पुग्न सकिन्छ । यतिवेला यौन इच्छा पनि बढ्छ ।

छालामा चमक
यौन सम्पर्कका क्रममा शरीरमा एस्ट्रोजन नामक हर्मोनको स्राव बढ्छ । यसले गर्दा महिलाको छाला स्वस्थ्य र चम्किलो हुन्छ ।

रक्तचाप नियन्त्रित

विहान गरिने यौन क्रियाले रक्तचाप पनि नियन्त्रण गर्छ । यसै कारण मुटु पनि स्वस्थ्य हुन्छ ।

मस्तिष्कलाई फाइदा

एक अध्ययन अनुसार विहान लामो समय यौन सम्पर्कको आनन्द लिनाले मस्तिष्कमा अक्सीटोसिन नामक हर्मोन स्राव हुन्छ । यसले मस्तिष्कलाई फाइदा गर्छ ।

प्रतिरोधात्मक क्षमता बढाउने
विहान गरिने यौन क्रियाले शरीरमा इम्मुनोग्लोबिन ए वनाउने मात्रा बृद्धि गर्छ, जसको कारण शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ ।

तौल नियन्त्रण
विहान यौन क्रिया गर्दा एक पटकमा करिव तीन सय क्यालोरी खर्च हुन्छ । यसले तपाईको तौल घटाउन मद्धत गर्छ ।

Logo