सावधान ! सेल्फीले बिगार्छ सौन्दर्य

सावधान ! सेल्फीले बिगार्छ सौन्दर्य

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २ साउन, काठमाडौं ।

जमाना सेल्फीको छ । खाएकोे, घुमेको, रमाएको सबै गतिविधि हामी सेल्फीमा उतार्छौ । तनक्क हात तन्कायो, ओठ चुच्चो पार्यो । क्लिक । वस्, सेल्फी फोटो तयार ।
यसरी खिचिएको सेल्फीलाई तात्तातो फेसवुकमा अपलोड गरिन्छ । र, त्यसमा आउने लाइक र कमेन्टको ब्यग्र प्रतिक्षा गरिन्छ ।

कति मोवाइल कम्पनीले सेल्फी खिच्नकै लागि फ्रन्ट फेस क्यामेरा सशक्त बनाएका छन् । अव त सेल्फी खिच्न हात तन्काइरहनु पनि परेन । सेल्फी स्टिक जो उपलब्ध छ ।
प्रविधिले सजिलो भएको छ, सेल्फी खिच्न । तर, जथाभावी वा जुनसुकै समयमा सेल्फी खिच्नु हानिकारक पनि छ । यसबारे भने सायदै प्रयोगकर्ता सजग होलान् ।
सेल्फीको प्रयोग बढेसँगै यसले सौन्दर्य समस्या पनि निम्त्यएको पछिल्लो अध्ययनले देखाएको छ । खासगरी सेल्फी लिने क्रममा स्मार्टफोनबाट निस्कने रेडिएसन र लाइटले अनुहारको सौन्दर्यमा खराब प्रभाव पार्ने वताइन्छ । यसै कारण अनुहारको छाला रुखो हुने र बुढ्यौलीपन देखा पर्ने चिकित्सकहरुको भनाई छ ।

सेल्फी खिच्नका लागि जुन किसिमले हात तन्काइन्छ र त्यसतर्फ अनुहार सोझ्याइन्छ, त्यसतर्फको हिस्सामा नराम्रो क्षति पुग्छ । फोन स्क्रिनबाट आउने ब्लु लाइटले हाम्रो छालामा नोक्सान पुर्याउँछ । परिणाम, छालामा चाउरीपन देखापर्छ ।

विज्ञका अनुसार इलेक्ट्रोम्यागनेटिक रेडियसनले सोझै हाम्रो डिएनएलाई प्रभाव पार्छ । यसपछि उक्त रेडियन डीएनएको माध्यामबाट छालामा जान्छ । यसरी अत्याधिक सेल्फी खिच्नाले अनुहारको सौन्दर्यमा क्रमस ह्रास आउछ नै ।
एजेन्सी

Logo