यी ५ आनिबानीले अस्पताल पुर्याउन सक्छ

यी ५ आनिबानीले अस्पताल पुर्याउन सक्छ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । १ साउन, काठमाडौं ।

खराब खानपानले हामीलाई हानी गर्छ । तर, त्यस्तै हानिकारक हुनसक्छ यी पाँच बानी । दैनिक जीवन–यापनको क्रममा यस्ता बानीलाई पनि अंगालिरहेका हुन्छौ, जुन खराब लत भन्दा फरक हुदैन । त्यस्ता आनिबानीले हाम्रो स्वास्थ्यलाई दिनप्रतिदिन जीर्ण बनाइरहेको हुन्छ ।

१. कामको धपेडीमा हामी एकै स्थानमा धेरै समय बसेर काम गरिरहेका हुन्छौ । यो एकदमै अस्वास्थ्यकर बानी हो । यसले आलस्यता निम्त्याउँछ र शारीरिक समस्या ल्याउन सक्छ ।

– एकसाथ लामो समय बस्नु भन्दा बेला बेला उठ्ने, जिउ तन्काउने, हल्का व्यायम गर्ने, अनुलोम विलोम गर्ने जस्ता अभ्यास स्वास्थ्यकर हुन्छ ।

. कतिपय मानिस लामो समय केही नखाई वस्छन् । विहान–वेलुकी खाना खाएपछि दिनभर खाली पेट बस्ने बानी राम्रो होइन ।

– यसले शरीरमा आवश्यक पोषणको कमी त हुन्छ नै, अरु विभिन्नखाले शारीरिक दुर्बलता र समस्या निम्त्याउँछ ।

. कामको चाप, तनाव आदिको कारण कतिले पर्याप्त निन्द्र लिदैनन् । यसले थाहै नपाई मानिसलाई दीर्घरोगको शिकार बनाउ“छ ।

– मस्त एवं गहिरो निन्द्र नसुत्ने मानिस उच्च रक्तचाप, मोटोपनको शिकार बन्न सक्छन् । यो एकदमै खराब बानी हो ।

. गलत ढंगले पकाइने खानेकुराले पनि शरीरलाई रोगी र जिर्ण बनाउँदै लान्छ । चिल्लो पिरोको अत्याधिक प्रयोग गर्ने, तारेको खानेकुरा सुपाच्य हुदैन ।

. खानेकुरा नखाने बानी त गलत हो नै, धेरै खाने बानी पनि सहि होइन । एकसाथ धेरै खाने बानीले पनि विभिन्नखाले शारीरिक समस्या निम्त्याउँछ । सकेसम्म थोरै–थोरै तर धेरै पटक खानु राम्रो हो ।

 

 

Logo