आज १,४१३ जना कोरोनामुक्त हुँदा ७३४ जना संक्रमित

आज १,४१३ जना कोरोनामुक्त हुँदा ७३४ जना संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा देशभर १,४१३ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै, ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८७ जना नयाँ संक्रमित थपिएका छन् । 
 

Logo