आज १,८३० जना निको, १,३३० जनामा कोरोना संक्रमण

आज १,८३० जना निको, १,३३० जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा १,८३० जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् भने १,३३० जनामा संक्रमण पुष्टि भएको छ ।

९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८३० जना निको भएका छन् । कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ। यस्तै हाल २१ हजार ५२४ सक्रिय संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४०२ कोरोना संक्रमित थपिएका छन्। ।

Logo