कोरोना युगमा आशावादी सोच प्रभावकारी, यसलाई अभ्यास गर्ने तरिकाहरू सिक्नुहोस्

कोरोना युगमा आशावादी सोच प्रभावकारी, यसलाई अभ्यास गर्ने तरिकाहरू सिक्नुहोस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड १९ कै खतराहरूको बीचमा जिन्दगी चलिरहेको छ । कुन पलमा को संक्रमित हुन्छ भन्ने बारे कुनै जानकारी छैन । शंकाको बीच अल्झिएको जीवनमा सबैको मन एउटै हुनुपर्छ भन्ने पनि छैन । यस्तो समयमा कोही धेरै नै आशावादी छन् भने कसैका लागि यो सबैभन्दा खराब समय हो । तर पनि कोही व्यक्तिहरू त्यस्ता छन् जो सबैभन्दा ठूलो कठिनाइका बाबजुद पनि डराउँदैनन् । उनीहरू आफ्नो कडा परिश्रम र दृढ संकल्प शक्तिमा विश्वास गर्छन् । यथार्थपरक सोचका साथ आशाहरु लिने यी मानिसहरु धेरै खुशी पनि हुन्छन् । यसका लागि कस्तो प्रकारको अभ्यास आवश्यक छ त ?

एउटा बन्द घरको भान्छाको कुनामा काँचको एउटा अण्डाकार भाँडो राखिएको थियो । भाँडो चामलले भरिएको थियो । एउटा मुसाले यो देख्यो र भित्र गयो । भाँडोको आकार र चिल्लोपनको कारण, मुसालाई यसमा कठिनाई भएको थियो, तर उसले त्यहाँ प्रशस्त चामल खायो । तर ऊ फेरि त्यहाँबाट निस्किएन । किनभने उसलाई लाग्यो कि यो उसको जीवनभरको खाना हो । तर एक दिन यस्तो पनि आयो जब त्यहाँको सबै चामल सकियो । अचानक मुसाले थाहा पायो कि ऊ जारको तल्लो तहमा पुगिसकेको छ । जब उसले माथि हे¥यो, उसको घाँटी सुक्यो त्यसपछि के भयो भनेर भन्न आवश्यक छैन ।

यस लोकप्रिय नैतिक कथाको ठूलो पाठ यो हो कि यो आशावादी हुनु राम्रो हो, तर ज्यादा आशावादी हुनु बेवकुफी पनि । यस सम्बन्धमा निरन्तर अनुसन्धान भइरहेको छ । कोभिडको फैलदो संक्रमणको क्रममा समेत लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा यस विषयमा अनुसन्धान गरिएको थियो ।

अध्ययनका अनुसार, आशावादी मानिसहरूलाई उनीहरूलाई कोभिडको संक्रमणले हुने जोखिम कम छ जस्तो लाग्छ । उनीहरूले महसुस गर्न सक्छन् कि तिनीहरूले पर्याप्त सावधानी अपनाईरहेछन् । यस्तै, जो यथार्थवादी छन् तिनीहरूले बुझ्छन् कि संक्रमणको जोखिम स्थिर रहन्छ । यथार्थवादी प्रमाणको आधारमा निर्णय लिनेहरूको मानसिक स्वास्थ्य समेत राम्रो हुन्छ ।

समयको साथ कदम

यस समयमा रोजगारको संकट भएपछि, मानिसहहरूले अन्य विकल्पहरू खोज्न थाले र यसलाई समयको आवश्यकताको रूपमा समेत लिए । दैनिक समाचार शीर्षकहरू सिर्जना भइरहेको अत्यन्त कठिन समयहरूमा पनि सुन्दर भविष्यका कल्पनाहरू सिर्जना गरिरहेका छन्, आत्मविकासका लागि तत्पर छन् र नयाँ सीपहरू विकास गर्दैछन् । यहि हुन् समयको साथ अघि बढ्ने र आशालाई जगाइराख्ने यथार्थ पनि ।

त्यस्ता व्यक्तिहरू जस्तोसुकै समस्या भए पनि समाधानहरू फेला पार्ने संकल्पमा हुन्छन् । उनीहरू स्पष्ट रूपमा माथिका कथामा मुसा जस्तो आरामदायक क्षेत्रमा पस्न चाहँदैनन् । यो समय आत्मपरीक्षण गर्नका लागि हो । यसलाई नराम्रो समय नबनाउनुहोस् । आफैंलाई जान्ने र बुझ्ने समय आएको छ । त्यसैले यसलाई एउटा अवसरको रूपमा लिनुहोस् । समय कस्तो हुन्छ र बनाउने भन्नेमा कुनै नियन्त्रण हुदैन तर हाम्रो दृष्टिकोणले हामीलाई समयका खराब प्रभावहरूबाट बचाउन सक्छ ।

राम्रोको आश, नराम्रोको लागि तयार

जब तपाईंले उत्तम कुराको आशा गर्नुहुन्छ भने तपाईंको दिमागमा चुम्बकीय शक्ति आउँछ । यसले आकर्षणको नियमको आधारमा तपाईंको जीवनमा सबै भन्दा राम्रो अवसरहरू ल्याउँछ । तर तपाईं आशा राख्नुहुन्छ र समस्याहरूबाट भाग्नुहुन्छ भने यो हुन सक्दैन । वास्तविकतालाई स्वीकार्नु पर्दछ र यसका लागि प्रयासहरू गर्नै पर्दछ । हामीले कदमहरू पनि चाल्नु पर्दछ ताकि हामी समस्यालाई राम्रोसँग बुझ्न र एउटा ठोस रणनीति बनाउन सकाैँ ।

धेरै जसो मानिस या त धेरै आशावादी हुन्छन् वा उनीहरुमा केहि गलत हुन्छ कि भन्ने डर लागिरहन्छ । अर्थात् धेरै निराशावादी । एक सीधा रेखामा, दुबै छेउमा अत्याधिक आशावादी र अत्याधिक निराशावादी हुन्छन् । बीचमा हुन्छन् यथार्थवादीहरू अर्थात् होप फर द बेस्ट एण्ड प्रीपेयर फर द बेस्टको तयारीमा हुन्छन्, तपाईं यी मध्ये कुन वर्गमा पर्नु हुन्छ ? यी सबैको केन्द्रमा आशा जरुरी हुन्छ ।

-आशाले भरिएको यथार्थवादी बन्नका लागि केही प्रयास चाहिन्छ ।
-चुनौतीलाई लिएर निराश वा अति आशावादीको मनोदशाबाट निस्कने प्रयास गर्नुहोस् । चुनौतीहरूको इमान्दार विश्लेषण गर्नुहोस् । त्यस्ता कदममा विचार गर्नुहोस् जो बर्तमान समयमा मद्दतगार होस् ।
-जुन कुराहरुको अपेक्षा गर्नु भएको छैन, त्यसको लागि पनि मनलाई तयार राख्नुहोस् । त्यसपछि तपाईंले महशुस गर्नुहुनेछ कि तपाईं अप्रत्याशित घटनाको समेत सामना गर्न सक्नु हुनेछ । जसको बारेमा तपाईं चिन्तित हुनुहुन्थ्यो ।
-नराम्रा घटनाहरू प्रति नकारात्मक दृष्टिकोण नराख्नुहोस्, बरु सबै समस्याको समाधान छ भन्नेमा विश्वास गर्नुहोस् । यसले एक रचनात्मक समाधान निर्माण गर्न सक्छ ।

अरूको जीवनमा ज्योति फैलाउनुहोस्, कुनै कुराको आशा नगरी योगदान दिनुहोस् । हाँसोको कारण बन्नुहोस्, उनीहरूको दुःखमा सहभागी हुनुहोस् । यसले सकारात्मक उर्जाको संचार गर्छ र इच्छाशक्तिलाई बलियो बनाउँदछ ।

तपाईंको निराशाको मुडलाई सकारात्मक दृष्टिकोण दिन सक्नु हुन्छ । कठिनाईहरूमा समेत केही व्यक्तिहरू वातावरणलाई हल्का बनाउने प्रयास गर्छन् ताकि समस्या अत्याधिक नहोस्, तर त्यसको भारीपन भने कम होस् ।

जब मुस्किलले घेर्छ त्यसबेला आफ्नो ख्याल राख्नु अझै बढी आवश्यक हुन्छ । नियमित योग, स्वास्थ्य खाना र राम्रो निन्द्रासँग सम्झौता नगर्नुहोस् । जब भविष्यको कुरा आउँछ र यो अनिश्चित देखिन्छ, त्यसबेला मानिसहरूले प्रायः आफूलाई शंका गर्न थाल्छन् । तपाईं यो सोच्न सक्नुहुन्छ कि कतै आशा गर्नु नराम्रो त होइन, किनकि जब परिणाम उपलब्ध हुँदैन, अपेक्षाहरू थकित हुन थाल्छन् ।

त्यसकारण, यथार्थवादीका साथै आशावादी पनि हुनु पर्छ । टेलर नामक मनोवैज्ञानिक विश्वास गर्थे कि आशा बिना सुख प्राप्त गर्न सकिदैन ।

वास्तवमा, यस लचकताले उनीहरूलाई सन्तुलित राख्न मद्दत गर्दछ । सन्तुलन गर्न सक्षम यथार्थवादीहरूले कठिनाईहरूमा समेत ठोस समाधानहरू बाहिर निकाल्छन् । तिनीहरू सजिलै उपाय निकालेर हल बनाएर कठिनाईको तूफानलाई जित्न सक्छन् ।

डरसँग नडराउनुहोस्, बरु डर र विफलता सामना नगर्नेसँग डराउनु पर्छ । भोको रहन पनि नडराउनुहोस् । यदि आवश्यक छ भने एक्लै रहनेसँग पनि नडराऔं । किनकि हामी सबैले यस जीवनमा एक्लै हिड्नु पर्छ ।

-आशावादी हुनुहोस्, तर यथार्थवाद र लगनशीलताको जमिनमा उभिएर ।
-यदि जीवनमा आनन्द, खुशी, स्वतन्त्रता छ भने डिप्रेसन, डर, आशंका पनि छ । आशाले भरिएका यथार्थवादीहरूले यी दुवै सत्य बुझ्छन् र असफलताहरू स्वीकार गर्न डराउँदैनन् ।
-यस समयमा विश्वको लक्ष्य भनेको भाइरसहरूबाट सुरक्षा र संरक्षण हो । यस्तो अवस्थामा, निराशावादीहरूले आफ्ना भावनाहरू व्यक्त गरेमा, यसले उनीहरूको चिन्ता कम गर्न मद्दत गर्दछ ।

कोरोना कहरबिच तनाव हटाउन यस्ता खानेकुरा सेवन गर्नुहोस्

कोरोना महामारीलाई हराउन देशव्यापी लकडाउन र कोरोना कहरका कारण मानिसहरू घरहरूमै लक छन्, तर लामो समय घरमा बस्दै आएका कारण मानिसहरू अहिले तनाव र चिन्तामा डुबेका छन् । यसले उनीहरूका स्वास्थ्यलाई प्रत्यक्ष असर गरिरहेको छ । यस्तो अवस्थामा, हामीले तनावको सामना गर्न स्ट्रेस बस्टर फूडहरू समावेश गर्नु महत्वपूर्ण छ ।

१. डार्क चकलेट
चकलेट मुड सुधार्ने उत्तम विकल्प हो । वास्तवमा, चकलेटले शरीरमा एन्डोरफिनहरू सिर्जना गर्दछ, जसको कारण तनाव टाढा हुन्छ र तपाईंले राम्रो महसुस गर्नुहुन्छ । खाना पछि डार्क चकलेटको एक टुक्रा खानाले तपाईंको मुडलाई समेत बुस्ट गर्छ ।

२. केरा
केरामा रहेको पोटासियमले ब्लड पे्रसर कम गर्न मद्दत गर्दछ । जसले हाम्रो ब्लड प्रेसर सामान्य बनाउँछ । केरामा प्राकृतिक चिनी हुन्छ, जसले इनर्जी बुस्ट गर्दछ । यही कारणले स्वास्थ्य विशेषज्ञहरूले बिहानको ब्रेकफास्टमा केरा खाने सल्लाह दिन्छन्, ताकि शरीरमा आवश्यक ग्लुकोजको पूर्ति हुन सकोस् ।

३. मौसमी फल
सुन्तला, मौसम जस्ता मौसमी फलमा भिटामिन सी र एन्टीआक्सीडन्टहरू समावेश हुन्छ, जसले तनाव कम गर्ने काम गर्दछ । यसमा रहेको म्याग्नीशियमको कारणले, शरीरमा आराम हुन्छ र राम्रो निद्रा आउँछ । भिटामिन सीले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई मजबूत पार्छ र घाउहरू चाँडै निको पार्दछ ।

४. पिस्ता
पिस्तामा जिंक र म्याग्नेशियम हुन्छ, जसले टेन्स भएका स्नायुहरूलाई शान्त गर्छ । त्यसकारण अधिकांश व्यक्तिहरूले काम गर्ने ठाउँमा पिस्ता राख्दछन्, ताकि जब उनीहरूलाई केही नराम्रो लागेमा निकालेर खान सकियोस् । जब तपाईंले पनि तनाव महसुस गर्नुहुन्छ, त्यसबेला केही पिस्ताका पिसहरु खानुहोस्, तपाईंले सहज महसुस गर्नुहुनेछ ।

५. दही
अनुसन्धानले देखाए अनुसार पेटमा रहेको ब्याक्टेरियाबाट पनि तनाव हुन्छ । दहीमा रहेको प्रोबायोटिक्सले पाचन प्रणाली राम्रो बनाई पेटलाई मजबुत बनाउँछ । जसले दिमागलाई राम्रो भावनाको संकेत दिन्छ । दैनिक क्याल्सियम र प्रोटीनयुक्त दहीको सेवनले तनावको स्तर कम गर्दछ ।

Logo