आज १,२६२ कोरोना संक्रमणमुक्त हुँदा १,२८२ जनामा संक्रमण

आज १,२६२ कोरोना संक्रमणमुक्त हुँदा १,२८२ जनामा संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा  १ हजार २६२ जना संक्रमणमुक्त भएका छन् भने १,२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । 

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । नेपाल मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् । त्यसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा र १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा छन् । 

कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।

Logo