कोरोना अपडेटः ९३८ जना संक्रमणमुक्त हुँदा, एक हजार ६६ जनामा कोरोना पुष्टि

कोरोना अपडेटः ९३८ जना संक्रमणमुक्त हुँदा, एक हजार ६६ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा  ९३८ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ जनाको एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ। नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ भने ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् ।

Logo