पछिल्लो २४ घण्टामा ९१० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७,०६० नमुनाको पीसीआर टेष्ट गर्दा ६९१ जना र २५५९ जनाको एन्टीजेन टेष्ट गर्दा १०१ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको जनाएको छ ।
प्रतिक्रिया