कोरोना अपडेट: ८७७ जना कोरोना संक्रमण मुक्त हुँदा ५५७ जनामा संक्रमण पुष्टि

कोरोना अपडेट: ८७७ जना कोरोना संक्रमण मुक्त हुँदा ५५७ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनको पीसीआर परीक्षण गर्दा ५२२ जना र १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३४८ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ९७ हजार ५६ र एन्टीजेनबाट ९४ हजार १५ पुगेको छ। 

नेपालमा हाल १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन् । 

Logo