काठमाडौं उपत्यकामा १ सय ४७ सहित २ सय ६४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १ सय ४७ सहित २ सय ६४ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

थप २ सय ६४ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएसँगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार ७ सय ६४ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ जना रहेकाे छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज ३ सय ६२ जना डिस्चार्ज भएसँगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ७ हजार ५ सय १६ जना रहेको छ। आज २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५९ जना पुगेको छ ।

Logo