नेपालमा सर्भाइकल, पाठेघरको मुख, ब्रेस्ट र लङको क्यान्सर अत्यधिक (भिडियाे)

नेपालमा सर्भाइकल, पाठेघरको मुख, ब्रेस्ट र लङको क्यान्सर अत्यधिक (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

फेब्रुअरी ४ अर्थात् शुक्रवार विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न सचेतना मूलक कार्यक्रहरु गरेर यस वर्ष ‘बढ्दैछ चुनौति क्यान्सरको, पहुँच बढाऔँ स्याहार’को भन्ने नारासहित क्यान्सर दिवस मनाइएको छ । पछिल्लो समय नेपालमा क्यान्सरका बिरामीहरू बढ्दै गएको अध्ययनले देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी महिलाहरूको पाठेघरको क्यान्सर हुने गरेको विज्ञहरू बताउँछन् । 

पछिल्लो केही वर्ष यताको तथ्यांक अनुसार महिलाहरूमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र फोक्सोको क्यान्सरका समस्या देखा परेको स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. रोशनी उलकले बताइन । उनले समाजमा जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको बताइन । डा. उलकका अनुसार हरेक महिलाहरूले प्रत्येक वर्ष आफ्नो पूरा शरीरको चेकजाँच गर्ने हो भने पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिन्छ । सुरुवाती चरणमै चेकजाँच गरेर उपचार गरे पाठेघरको मुखमा हुने क्यान्सरको पूर्णरुपमा उपचार गर्न सकिने उनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हाल फोक्सोको क्यान्सर सबैभन्दा बढी २३ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर १७ प्रतिशत रहेको छ ।

प्रस्तुत छ: विश्व क्यान्सर दिवसको अवसरमा स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. रोशनी उलकसँग गरेको कुराकानीको सम्पादित अंश । 

 

Logo