नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुग्यो, आज ११ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुग्यो, आज ११ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ । आज १,४५९ जना थपिएका छन् । सोमबार १,१७० जना थपिएका थिए । आइतबार १,०३९ जना थपिएका थिए । यस्तै शनिबार १,२०१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । आज निको हुनेको संख्या १,०६२ छ । सोमबार ८७९ जना निको भएका थिए । आइतबार १,१७३ जना निको भएका थिए । शनिबार ८५२ जना निको भएका थिए । आज १०,८७८ पिसिआर गरिएको थियो । आज सक्रिय संक्रमितको संख्या १५,७७९ छ ।

Logo