नेपालमा कोरोना संक्रमितको संख्या ५४,१५९ पुग्यो, आज १,०३९ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ५४,१५९ पुग्यो, आज १,०३९ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५४,१५९ पुगेको छ । आज  १,०३९  जना थपिएका छन् । शनिबार १,२०१ जना थपिएका थिए । शुक्रबार १,४५४ जना थपिएका थिए । यस्तै विहिबार १,२४६ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । आज निको हुनेको संख्या ११७३ छ । शनिबार ८५२ जना निको भएका थिए । शुक्रबार ९७२ जना निको भएका थिए । यस्तै विहिबार १,८१८ जना निको भएका थिए । आज ९१६५ पिसिआर गरिएको थियो । आज सक्रिय संक्रमितको संख्या १५,११७ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । विहिबार ५ जनाको मृत्यु भएको थियो । शुक्रबार ५ जनाको मृत्यु भएको थियो । शनिबार १४ जनाको मृत्यु भएको थियो ।

Logo