तनहुँमा कोरोनाबाट ७६ वर्षीया महिलाको निधन

तनहुँमा कोरोनाबाट ७६ वर्षीया महिलाको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

ती महिलामा मुटु सम्बन्धी समस्या थियो । भदौ २० गते अस्पताल भर्ना भएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौँ लगिएको जनाइएको छ ।

यससँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।रासस

Logo