काठमाडौं उपत्यकामा आज ४३१ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४३१ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४३१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना थपिएका हुन् । विहिबार ५७२ जना थपिएका थिए । शुक्रबार ६९६ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९,१०३ , भक्तपुरमा ९०७ र ललितपुरमा १,१२९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ११,१३९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ । विहिबार ५ जनाको मृत्यु भएको थियो । शुक्रबार ५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुगेको छ । आज १२०२ जना थपिएका छन् । शुक्रबार १,४५४ जना थपिएका थिए । विहिबार १,२४६ जना थपिएका थिए । यस्तै बुधबार १,०८१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । आज निको हुनेको संख्या ८५२ छ । शुक्रबार ९७२ जना निको भएका थिए । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । आज १०,१७६ पिसिआर गरिएको थियो ।

Logo