नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुग्यो, आज १२०२ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुग्यो, आज १२०२ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुगेको छ । आज १२०२ जना थपिएका छन् । शुक्रबार १,४५४ जना थपिएका थिए । विहिबार १,२४६ जना थपिएका थिए । यस्तै बुधबार १,०८१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । आज निको हुनेको संख्या ८५२ छ । शुक्रबार ९७२ जना निको भएका थिए । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । आज १०,१७६ पिसिआर गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ । विहिबार पनि ५ जनाको मृत्यु भएको थियो । शुक्रबार ५ जनाको मृत्यु भएको थियो ।

Logo