गण्डकीमा कोरोना सङ्क्रमित २,८२० पुगे, मृतकको संख्या २२

गण्डकीमा कोरोना सङ्क्रमित २,८२० पुगे, मृतकको संख्या २२

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या दुई हजार ८२० पुगेको छ । पछिल्लो विवरण अनुसार प्रदेशमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

विवरण अनुसार थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) आठ , गोरखामा पाँच , कास्की र तनहुँमा एक÷एक जना छन् ।

प्रदेशमा हालसम्म ५५ हजार ६५४ जनाको पिसिआर नमूना परीक्षण गरिएको थियो । तीमध्ये ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण नदेखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको सङ्ख्या ९४९ जना र उपचारपछि एक हजार ८४९ जना निको भएका छन्

Logo