काठमाडौं उपत्यकामा आजसम्मकै उच्च संक्रमित, एकै दिन ६९६ जना थपिए

काठमाडौं उपत्यकामा आजसम्मकै उच्च संक्रमित, एकै दिन ६९६ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६९६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका हुन् । विहिबार ५७२ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ८,७२६ , भक्तपुरमा ८९० र ललितपुरमा १,०९२ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १०,७०८ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । आज निको हुनेको संख्या ९७२ जना छ । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । मंगलबार २,२८७ जना निको भएका थिए । आज १०,७०१ पिसिआर गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ । मंगलबार र बुधबार ६, ६ जनाको मृत्यु भएको थियो । विहिबार पनि ५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१,९१९ पुगेको छ । आज १,४५४ जना थपिएका छन् । विहिबार १,२४६ जना थपिएका थिए । बुधबार १,०८१ जना थपिएका थिए । यस्तै मंगलबार ९०२ जना थपिएका थिए ।

Logo