कोरोनाबाट काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ६३ पुग्यो, आज एक जना थपिए

कोरोनाबाट काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ६३ पुग्यो, आज एक जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना संक्रमणबाट आज काठमाडौंका ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको विहान ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो ।

अब काठमाडौं उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । जस मध्ये काठमाडौंमा ४६, भक्तपुरमा १० र ललितपुरमा ७ जना रहेका छन् । उपत्यकामा संक्रमितको कूल संख्या १० हजार १२ पुगेको छ ।

विहिबार उपत्यकामा आजसम्मकै धेरै ५७२ जना संक्रमित थपिएका छन् । विहिबार काठमाडौंमा ४९५ , भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना थपिएका हुन् ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ८,१०६ , भक्तपुरमा ८४९ र ललितपुरमा १,०५४ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १०,०१२ पुगेको छ।

 

Logo