काठमाडौं उपत्यकामा आजसम्मकै धेरै संक्रमित, एकै दिन ५७२ जना थपिए

काठमाडौं उपत्यकामा आजसम्मकै धेरै संक्रमित, एकै दिन ५७२ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ५७२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९५ , भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना थपिएका हुन् ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ८,१०६ , भक्तपुरमा ८४९ र ललितपुरमा १,०५४ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १०,०१२पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । आज निको हुनेको संख्या १,८१८ जना छ । बुधबार ९१८ जना निको भएका थिए । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आज ११,१४४ पिसिआर गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ । मंगलबार र बुधबार ६, ६ जनाको मृत्यु भएको थियो । सोमबार ११ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५०,४६५ पुगेको छ । आज १,२४६ जना थपिएका छन् । बुधबार १,०८१ जना थपिएका थिए । मंगलबार ९०२ जना थपिएका थिए । सोमबार ९७९ जना थपिएका थिए ।

Logo