सरकारी तथा नीजि अस्पतालहरुले कोरोना उपचारका लागि के गरिरहेका छन् ? (भिडियाेसहित)

सरकारी तथा नीजि अस्पतालहरुले कोरोना उपचारका लागि के गरिरहेका छन् ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन् । पछिल्लो केही साता यता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तिव्र आलोचना समेत भइरहेको छ । यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ ।

उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल समेत गरिरहेको छ । यसैक्रममा मंगलबार उपसमितिले कोभिड र नन कोभिडका विरामीहरुलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा नीजि अस्पतालका सरकोकारवालाहरुसँग छलफल गरेका छन् । छलफलमा सहभागी सरकारी तथा नीजि अस्पतालका निर्देशक तथा पदाधिकारीहरुले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नु परेका समस्याहरु बताएका छन् । नेपालमा कोरोना संक्रमण देखिएपछि आफनो अस्पतालबाट सम्पादन भएका सेवाहरु, स्वास्थ्यकर्मीहरुले भोगेका समस्याका बारेमा उनीहरुले समितिले जानकारी गराएका छन् ।

छलफलमा कसले के भने ?

वीर अस्पताल निर्देशक केदारप्रसाद सेन्चुरीले भने, सुरुमा गेटमै ज्वरो जाँच गर्ने हेल्प डेस्कको व्यवस्था ग¥यौं । त्यसपछि ज्वरो क्लिनिक, आइसोलेसन वार्ड र अन्य वार्डहरु तोकेर सुरु अस्पातलले विभिन्न उप समितिहरु बनाएको बताए । त्यस्तै, त्रिबि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.रोहित पोखरेलले लकडाउनपछिको समयमा नन कोभिड विरामीको संख्या कम भए पनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेशन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको छ । अहिले सबैभन्दा बढी अस्पतालले अपरेसनमा आकस्मीक र न्यून आकस्मीकलाई प्राथमिकता दिएको छ । तर आवश्यकता अनुसार सबै अपरेशन गर्ने गरेको बताएका छन् ।

त्यस्तै पाटन अस्पतालका कार्यकारी निर्देशक डा.रवि शाक्यले कोभिड संक्रमणको दर बढेसँगै पीपीइ लगायतका सामग्रीको अभाव हुने देखेर हामी आफैले त्यसको उत्पादन सुरु ग¥यौँ । पीपीई, मास्क र सेनिटाइजर सबै उत्पादन गरिरहेका छौँ । तर अहिले पनि पर्याप्त त छैन तर सक्दो उत्पादन गरेर हामीले प्रयोग गरिरहेका छौँ । आजको मितिसम्म हाम्रो अस्पतालमा २ हजार कोडिभका विरामीहरु भर्ना भएको बताएका छन् ।

बिएण्डबी अस्पतालकी कोभिड व्यवस्थापन प्रमुख डा.संगिता शाक्यले पनि सबै भन्दा ठूलो गल्ती कोभिड र नन कोभिड विरामीहरु एकै डाउँमा राखेर भएको छ । त्यो गल्ति हामीले गरिरहेका छौं । बरु यो गर्नुको सट्टा कोभिड डेडिकेटेड अस्पतालहरु क्षमता बढाएर कोभिड बिरामीहरुलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने उनले बताइकी छन् ।

त्यसै गरी पाण्डग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराजाले पनि डाक्टर, नर्स र हाउसकिपिङहरुको सुरक्षाका लागि एकदम क्रिटिकल रहको बताएका छ । उनले यो भन्दा अर्को ठूलो कुरा भनेको विरामीलाई जुन खालको आत्मबल दिएर उपचार गर्नको लागि धेरै लगानी जरुरी हुन्छ तर पब्लिकले हेर्दा नीजिमा आफुले पैसा तिरेर उपचार गर्ने अधिक खर्च हुने अवस्था अहिलेको बेलामा मैले देखेको बताए ।

नर्भिक अस्पतालका आइसालेसन इञ्चार्ज डा. अजय खडकाले स्टाफहरुलाई छुट्टै होस्टल लिएर राखिएको तथा खाना लगायतको व्यवस्था पनि सबै अस्पतालले नै गरेको बताएका छन् । उनले कर्मचारीका लागि इन्सेन्टीभको रुपमा तलबमा नै थप गरेर दिने गरिएको छ । बिरामीलाई असर नहोस् भनेर कोभिडका विरामीहरुको उपचारका लािग भवन छुट्याइएको बताएका छन् ।

त्यस्तै, केएमसी अस्पतालका सहनिर्देशक डा. जेनश आचार्यले जेठ १० गते पहिलो बिरामी लिदा हामीले सिनामंगलमा ९ सय ३० जना बिरामी स्क्रिनिङ क्लिनिकबाट हेरिरहेका थियौं । आजको दिन सम्म ३८ हजार ६ सय ६२ जनालाई ओपिडि सेवा दिइसकेको बताए । उनले २२ हजार १ सय ६६ जना भर्ना भएर निको भएर ननकोभिड बिरामीको उपचार भएको बताए ।

Logo