सुदूरपश्चिममा ६३ सैनिक कोरोना सङ्क्रमित

सुदूरपश्चिममा ६३ सैनिक कोरोना सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम ।

कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

नगरपालिका, स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले शिक्षालयका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । शिक्षालयका १२९ जनाको नतिजा नेगेटिभ आएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा सोमबार गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कूल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुईदुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

Logo