सूर्यविनायक नगरपालिकाद्वारा घुम्ती स्वाब संकलन बूथ संचालन

सूर्यविनायक नगरपालिकाद्वारा घुम्ती स्वाब संकलन बूथ संचालन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा पहिलो पटक सूर्यविनायक नगरपालिकाले आइतबारदेखि भक्तपुरमा घुम्ती स्वाब संकलन तथा बूथ संचालन गर्न सुरु गरेको छ।

कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्ना स्वास्थ्यकर्मीको टोलीमार्फत् कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्दै स्वाब संकलन अभियान सुरु गर्दै आएको थियो ।

तर आइतबारबाट टोलटोलमा नै पुगेर घुम्ती बुथ पनि संचालनमा ल्याएको भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभाका सांसद महेश बस्नेतले बताएका छन् । उनले सूर्यविनायक नगरपालिकाको यो कार्यले स्वाब संकलन कार्यमा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको बताए ।

Logo