कर्णाली प्रदेशमा नौ संक्रमित थपिए, कूल संक्रमित कति ?

कर्णाली प्रदेशमा नौ संक्रमित थपिए, कूल संक्रमित कति ?

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

कर्णाली प्रदेशमा शनिबार नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ संक्रमित थपिएसँगै सङक्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको उनले बताए। उनका अनुसार कोरोना सङ्क्रमणबाट निको भएर एकै दिन ४२ जना घर फर्किएका छन् ।

सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट छ, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए ।

४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उनको भनाइ छ । डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लामा विभिन्न आइसोलेशनमा ३०२ जना सङ्क्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रदेशले जनाएको छ ।

Logo