नेपालमा कोरोना : आज संक्रमित भन्दा निको हुने धेरै

नेपालमा कोरोना : आज संक्रमित भन्दा निको हुने धेरै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज देशभर कोरोनाबाट निको हुनेको संख्या १,५६६ छ । संक्रमित हुनेहरुको संख्या १,०४१ छ । योसँगै कूल निको हुनेहरुको संख्या २७ हजार १२७ पुगेको छ । शुक्रबार १,३५४ निको भएका थिए । विहिबार ९१७ जना निको भएका थिए ।

यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । बुधबार १२ जनाको मृत्यु भएको थियो । विहिबार ६ जनाको मृत्यु भएको थियो । शुक्रबार १४ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ४५,२७७ पुगेको छ । आज १,०४१ जना थपिएका छन् । शुक्रबार १,३५९ जना थपिएका थिए। विहिबार १,२२८ जना थपिएका छन् । बुधबार ११२० थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ४०८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३२६ , भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना थपिएका हुन् । शुक्रबार ४५४ जना थपिएका थिए । विहिबार ४४५ जना थपिएका थिए । आजको पिसिआर १२,४७३ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,३३४ , भक्तपुरमा ६७९ र ललितपुरमा ८८७ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७,९०० पुगेको छ ।

Logo