नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, आज ९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, आज ९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । बुधबार १२ जनाको मृत्यु भएको थियो । विहिबार ६ जनाको मृत्यु भएको थियो । शुक्रबार १४ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ४५,२७७ पुगेको छ । आज १,०४१ जना थपिएका छन् । शुक्रबार १,३५९ जना थपिएका थिए। विहिबार १,२२८ जना थपिएका छन् । बुधबार ११२० थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ४०८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३२६ , भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना थपिएका हुन् । शुक्रबार ४५४ जना थपिएका थिए । विहिबार ४४५ जना थपिएका थिए । आजको पिसिआर १२,४७३ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,३३४ , भक्तपुरमा ६७९ र ललितपुरमा ८८७ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७,९०० पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ । आज १,५६६ जना निको भएका छन् । शुक्रबार १,३५४ निको भएका विहिबार ९१७ जना निको भएका थिए ।

Logo