काठमाडौं उपत्यकामा आज ४०८ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४०८ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४०८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३२६ , भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना थपिएका हुन् । शुक्रबार ४५४ जना थपिएका थिए । विहिबार ४४५ जना थपिएका थिए । आजको पिसिआर १२,४७३ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,३३४ , भक्तपुरमा ६७९ र ललितपुरमा ८८७ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७,९०० पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ । आज १,५६६ जना निको भएका छन् । शुक्रबार १,३५४ निको भएका विहिबार ९१७ जना निको भएका थिए ।

Logo