धुलिखेल अस्पतालमा आज एक कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा आज एक कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेको धुलिखेल अस्पतालमा आज एक कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीका कोरोना संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

महोत्तरीको बर्दिबासका पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । ती पुरुष १५ दिन अघि अस्पताल भर्ना भएका थिए ।

अस्पताल भर्नापछि स्वाब परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।

Logo