‘तातोपानी खाँदैमा कोरोना निको हुँदैन’ : डा. बासुदेब पाण्डे (भिडियोसहित)

‘तातोपानी खाँदैमा कोरोना निको हुँदैन’ : डा. बासुदेब पाण्डे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसका विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस तातो पानी खाएर निको हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेको हो ।

प्राविधिक मान्छेहरुले संवेदशील विषयमा बोल्दा ध्यान दिनु पर्ने महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले बताए । आफूलाई विज्ञ भनेर चिनाउने मान्छेहरु समेत अनावश्यक भ्रम फैलाएको पाइएकोले त्यसो नगर्न उनले आग्रह गरे । संघीयता सुरु हुनु भन्दा पहिले सिधै जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर काम गर्न सकिने अवस्था भए पनि अहिले तीन तहको सरकार हुँदा आवश्यक बजेट समेत दिन समस्या भएको उनले बताए । महामारीको समयमा स्थानीय तहसम्म स्वास्थ्य संस्थासँग सिधा सम्बन्ध राख्न सकिने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले अहिले नेपालमा दैनिक २३ हजार जनाको पीसीआर परीक्षण क्षमता भए पनि १८ हजार भन्दा बढी परीक्षण गर्न समस्या हुने बताए । ८ नीजि समेत गरी ४८ वटा परीक्षण प्रयोशालाबाट दैनिक १८ हजारसम्म परीक्षण गर्न सक्ने अवस्था रहेको उनले बताए ।

स्वाव नमुना प्रयोगशालामा आएको ३८ देखि ४८ घण्टासम्म सामान्यतया रिपोर्ट आउने भए पनि तत्काल परीक्षण गर्नै पर्ने र २, ३ दिनपछि पनि परीक्षण गर्दा हुने स्वावहरु सँगै आउँदा केही समस्या देखिने गरेको उनले बताए । रिपोर्ट पोजेटिभ आएकाहरुलाई ट्रेसिङ नगरी तत्काल रिपोर्ट दिदाँ व्यवहारिक समस्याहरु आउने गरेको उनले बताए ।

प्रयोगशालाहरुमा जनशक्ति अभाव रहेको र नीजि क्षेत्रमा प्रयोगशाला सञ्चालनका लागि दबाव आउने गरेको उनले बताए । नीजि क्षेत्रले विशुद्ध व्यापारिक हिसाबले इच्छा देखाउने गरेको पाइएको उनले बताए ।

Logo