काठमाडौं महानगरका कुन वडामा कति संक्रमित ? (भिडियाेसहित)

काठमाडौं महानगरका कुन वडामा कति संक्रमित ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो तीन सातादेखि निरन्तररुपमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि १ सय २० दिन लामो लकडाउनमा काठमाडौं उपत्यकामा खासै कोरोना संक्रमणको प्रभाव परेको देखिएको थिएन ।

तर, सरकारले काठमाडौं उपत्यकामा सबै उद्योग व्यवसाय खोल्न तथा साउन ७ गतेबाट लकडाउन पूर्णरुपमा अन्त्य गरेसँगै कोरोना संक्रमण दर पनि दैनिक रुपमा बढ्दै गएको छ । यसरी संक्रमणको दर उच्च हुँदै गएकाले उपत्यका तीन जिल्लाले भदौ २४ सम्म निषेधाज्ञा लागू गरेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । जसमध्ये २३ हजार २९० जना निको भएर घर फर्केका छन् भने २ सय ५१ जनाको मुत्यु भएको छ।

पछिल्लो तीन सातादेखि उपत्यकामा दिनप्रतिदिन संक्रमण बढीरहेको छ । अब उपत्यकाका तीन जिल्लामा मात्रै संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ । जसमध्ये काठमाडौंमा ५ हजार २ सय ६५ जना, ललितपुरमा ७ सय ७२ जना, भक्तपुरमा ५ सय ५६ जना रहेका छन् । नेपालमा कूल कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा छन् । काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

मंगलबार साँझसम्मको तथ्यांक अनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरमा मात्रै २७०७ जना छन् । तीमध्ये ११०२ सक्रिय संक्रमित छन् । महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सबैभन्दा धेरै संक्रमित वडा नम्बर १६ बालाजुमा २०८ जना र ३२ नम्बर वडा रहेको कोटेश्वर क्षेत्रमा छन् । बालाजुमा २०८ र कोटेश्वरमा २०३ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको क्षेत्र वडा नम्वर ३ को महाराजगन्ज रहेको छ। उक्त क्षेत्रमा १०८ संक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं र ललितपुर महानगर कोरोनाबाट नराम्रोसँग प्रभावित भएका छन् । काठमाडौं महानगरमा मात्रै २ हजार ७ सय ७ जनामा कोरोना संक्रमण भएको छ । कुलेश्वर, बानेश्वर लगायत महानगरका अन्य ठाउँहरु पनि धेरै प्रभावित रहेका छन् ।

उपत्यकाका संक्रमितमध्ये ४० भन्दा बढी संक्रमित अहिलेसम्म पनि सम्पर्कमा छैनन् । काठमाडौं महानगरभित्र २७ जना सम्पर्कविहीन भएका छन् । कोरोना पोजेटिभ रिपोर्ट आए पनि ती व्यक्ति सम्पर्कमा छैनन् । सम्पर्कविहीन हुनेहरु मध्ये धेरै कबाडीको काम गर्ने श्रमिक रहेका छन् ।

त्यस्तै , पिसिआर परिक्षण गर्दा मानिसहरुले गलत विवरण दिएका कारण कुन वडामा कति संक्रमित भएको भन्ने छुट्याउन कठिनाई भएको महानगरले जनाएको छ । परिक्षण गर्दा सबैले काठमाडौंको ठेगाना तथा वडा नै फरक टिपाउने गरेकाले छुट्याउन कठिन भएको छ। कारण व्यक्ति फेला पार्न नसकिएको जनाएको छ ।

अहिले महानगरका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा नै बसेका छन् । काठमाडौं महानगर शहरी स्वास्थ्य महाशाखा कोभिड १९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार १ हजार १ सय २५ जना संक्रमणमुक्त भएका छन् । महानगरमा मात्रै मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ।

Logo