काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ । विहिबार ४४५ जना संक्रमित थपिएका छन् । थपिनेमा काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेका छन् । बुधबार पनि ३८८ जना थपिएका थिए । यस्तै मंगलबार ४८१ जना थपिएका थिए ।

यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ७,०३८ पुगेको छ । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ५,६२२ , भक्तपुरमा ५९८ र ललितपुरमा ८१८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ । विहिबार मात्र ६ जनाको मृत्यु भएको छ । यस्तै बुधबार १२ जनाको मृत्यु भएको थियो । यस्तै मंगलबार ११ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको कूल संख्या ४२,८७७ पुगेको छ । विहिबार १,२२८ जना थपिएका छन् । यस्तै बुधबार १,१२० जना थपिएका थिए । मंगलबार १,०६९ जना थपिएका थिए ।

यस्तै देशभर निको हुनेको संख्या २४ हजार २०७ पुगेको छ । विहिबार ९१७ जना निको भएका छन् । यस्तै बुधबार १,११२ जना निको भएका थिए । मंगलबार ७६८ निको भएका थिए ।

Logo