काठमाडौं महानगरका यी हुन् कोरोना हटस्पट स्थान, कुन वडामा कति संक्रमित ?

काठमाडौं महानगरका यी हुन् कोरोना हटस्पट स्थान, कुन वडामा कति संक्रमित ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
पछिल्लो तीन सातादेखि निरन्तररुपमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि १ सय २० दिन लामो लकडाउनमा काठमाडौं उपत्यकामा खासै कोरोना संक्रमणको प्रभाव परेको देखिएको थिएन ।

तर, सरकारले काठमाडौं उपत्यकामा सबै उद्योग व्यवसाय खोल्न तथा साउन ७ गतेबाट लकडाउन पूर्णरुपमा अन्त्य गरेसँगै कोरोना संक्रमण दर पनि दैनिक रुपमा बढ्दै गएको छ । यसरी संक्रमणको दर उच्च हुँदै गएकाले उपत्यका तीन जिल्लाले भदौ २४ सम्म निषेधाज्ञा लागू गरेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । जसमध्ये २३ हजार २९० जना निको भएर घर फर्केका छन् भने २ सय ५१ जनाको मुत्यु भएको छ।

पछिल्लो तीन सातादेखि उपत्यकामा दिनप्रतिदिन संक्रमण बढीरहेको छ । अब उपत्यकाका तीन जिल्लामा मात्रै संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ । जसमध्ये काठमाडौंमा ५ हजार २ सय ६५ जना, ललितपुरमा ७ सय ७२ जना, भक्तपुरमा ५ सय ५६ जना रहेका छन् ।

नेपालमा कूल कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा छन् । काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

मंगलबार साँझसम्मको तथ्यांक अनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरमा मात्रै २७०७ जना छन् । तीमध्ये ११०२ सक्रिय संक्रमित छन् । महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये सबैभन्दा धेरै संक्रमित वडा नम्बर १६ बालाजुमा २०८ जना र ३२ नम्बर वडा रहेको कोटेश्वर क्षेत्रमा छन् । बालाजुमा २०८ र कोटेश्वरमा २०३ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको क्षेत्र वडा नम्वर ३ को महाराजगन्ज रहेको छ। उक्त क्षेत्रमा १०८ संक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं र ललितपुर महानगर कोरोनाबाट नराम्रोसँग प्रभावित भएका छन् । काठमाडौं महानगरमा मात्रै २ हजार ७ सय ७ जनामा कोरोना संक्रमण भएको छ । कुलेश्वर, बानेश्वर लगायत महानगरका अन्य ठाउँहरु पनि धेरै प्रभावित रहेका छन् ।

उपत्यकाका संक्रमितमध्ये ४० भन्दा बढी संक्रमित अहिलेसम्म पनि सम्पर्कमा छैनन् । काठमाडौं महानगरभित्र २७ जना सम्पर्कविहीन भएका छन् । कोरोना पोजेटिभ रिपोर्ट आए पनि ती व्यक्ति सम्पर्कमा छैनन् । सम्पर्कविहीन हुनेहरु मध्ये धेरै कबाडीको काम गर्ने श्रमिक रहेका छन् ।

त्यस्तै , पिसिआर परिक्षण गर्दा मानिसहरुले गलत विवरण दिएका कारण कुन वडामा कति संक्रमित भएको भन्ने छुट्याउन कठिनाई भएको महानगरले जनाएको छ । परिक्षण गर्दा सबैले काठमाडौंको ठेगाना तथा वडा नै फरक टिपाउने गरेकाले छुट्याउन कठिन भएको छ। कारण व्यक्ति फेला पार्न नसकिएको जनाएको छ ।

अहिले महानगरका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा नै बसेका छन् । काठमाडौं महानगर शहरी स्वास्थ्य महाशाखा कोभिड १९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार १ हजार १ सय २५ जना संक्रमणमुक्त भएका छन् । महानगरमा मात्रै मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ।

संक्रमितमाथि महानगरवासीको अमानवीय व्यवहार

महानगरले हालसम्म कुनै पनि आइसोलेसनको व्यवस्था गरेको छैन । आफ्नै आइसोलेसन नहुँदा सङ्क्रमित घरै बस्न बाध्य भएका हुन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले आफैंले आइसोलेसन बनाउन नपाएकाले सङ्क्रमितलाई होम आइसोलेसनमा राख्ने विकल्प नभएको बताएका छन् । ‘महानगरको आफ्नै आइसोलेसन छैन,’ डगोलले भने, ‘लक्षण नदेखिएका र अवस्था सामान्य भएका सङ्क्रमितलाई होम आइसोलेसनमा राखिएको छ।’

सङ्क्रमित घरै बस्दा छिमेकीले अमानवीय व्यवहार गर्ने गरेका छ । कोरोना सङ्क्रमितलाई छिमेकीले छिछि र दुर्दुर गर्ने गर्छन् । त्यस्तैले अब संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर उपत्यकामा आईशोलेसन बनाउने तयारी गरेको बताएका छन् । यस अघि महानगरको वडा नम्बर ७ को कटुबहालमा लकडाउन खुलेपछि बाहिरबाट आएकाहरु बस्ने घरमा ५,६ सय स्थानीय जम्मा भएर घर घेर्न समेत पुगेका थिए । तर त्यहाँका जनप्रतिनिधिहरुले सम्झाएर पठाएका थिए ।

महानगरका जनप्रधिनिधिहरूका अनुसार स्वास्थ्यकर्मीहरू माथि पनि दुर्व्यवहारका घटना भएका छन् । उनीहरूले संक्रमित र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेर आफूहरू पनि संक्रमित हुन सक्ने र आफूहरुको उपचारका लागि पनि स्वास्थ्यकर्मी चाहिने भन्ने कुरा चाँहि भुलेका छन् । गत शनिबार मात्र बानेश्वरका युवाले अस्पतालका स्वास्थ्यकर्मी आइसोलेसनमा बस्ने स्थानको बाहिर हुलहुज्जत गरेका थिए ।

यस्तो छ महानगरमा मंगलबारसम्मको वडा गत संक्रमणको अवस्था :

काठमाडौं महानगरपालिका – १ नक्साल
संक्रमित : ८९ जना
निको भएका :४६ जना

कामनपा-२ लाजिम्पाट
संक्रमित : २४ जना
निकोः२१

कामनपा -३ महाराजगन्ज
संक्रमित : १८३ जना
होम आइसोलेसन : ५० जना
निको भएका : १०८
मुत्यु: १

कामनपा-४ धुम्बाराही
संक्रमित : १०१ जना
मृत्यु : २ जना
निको : ५२

कामनपा ५ हाडीगाउ
संक्रमित : ५५ जना
होमआइसोलेसन : २२ जना
निको: २६

कामनपा ६ बौद्ध
संक्रमित : २१ जना
निको : १८

कामनपा – ७ मित्रपार्क
संक्रमित : ८१ जना
निको : ४१
मुत्यु : १

कामनपा -८ जयबागेश्वरी
संक्रमित : २३ जना
मृत्यु : १ जना
होमआइसोलेसनः ३ जना
निको :१०

कामनपा- ९ गौशाला
संक्रमित : ४२ जना
निको: २८

कामनपा- १० बानेश्वर
संक्रमित :९२ जना
मृत्यु : ३ जना
निको: ५२

कामनपा -११ त्रिपुरेश्वर
संक्रमित : १२३ जना
होम आइसोलेसनः ५० जना
निको: ३५

कामनपा-१२ टेकु
संक्रमित : ३५ जना
मृत्यु : १ जना
होम आइसोलेसन : ८ जना
निको: १३

कामनपा -१३ कालिमाटी
संक्रमित : १२४ जना
मुत्यु :१
निको: ५८

कामनपा -१४ कंलकी
संक्रमित : १३५ जना
होम आइसोलेसन :५०
निको: ७१

कामनपा -१५ स्वयम्भू
संक्रमित : ११० जना
निको: २०

कामनपा -१६ बालाजु
संक्रमित : २०८ जना
निको: ८७

कामनपा -१७ खुशिव
संक्रमित : २९ जना
निको : १९ जना
होम आइसोलेसनमा ३ जना

कामनपा -१८ नरदेवी
संक्रमित: ५ जना
निको: ५

कामनपा -१९ कंकेश्वरी
संक्रमित : ८ जना
निको: ५ जना

कामनपा -२० भिमसेन स्थान
संक्रमित : १५ जना
मृत्यु : १ जना
निको: ३

कामनपा -२१ लगन
संक्रमित : १४ जना
निको: ६
मुत्यु: १

कामनपा -२२ संकटा
संक्रमितः १० जना
निको भएका : ५ जना
अस्पतालमाः ३ जना
मुत्यु: १

कामनपा -२३ ओमबहाल
संक्रमितः १५ जना
निको भएकोः ७जना
अस्पतालमाः ६ जना

कामनपा २४ मखन
संक्रमित : ३३ जना
अस्पतालमा : १५ जना
होम आइसोलेसनमा : ३ जना
निको: ९

कामनपा- २५ नघल
संक्रमित: १६ जना
निको भएको: ९ जना
होम आइसोलेसनमा १० जना

कामनपा -२६ लैनचौर
संक्रमित : ८३ जना
निको भएको : ५५ जना
होम आइसोलेसनमा : २० जना
मुत्यु: १

कामनपा -२७ इनबहाल
संक्रमित : १५१
निको भएको : ७४
होम आइसोलेसनमा : ५० जना
मुत्यु: २

कामनपा -२८ बागबजार
संक्रमित: १०५ जना
निको भएको: ४७ जना

कामनपा -२९ डिल्लीबजार
संक्रमित: ६५ जना
निको भएको : ३८ जना
होम आइसोलेसनमा : १८ जना

कामनपा -३० ज्ञानेश्वर
संक्रमित: २८ जना
होमआइसोलेसनमा : ७ जना
अस्पतालमा : २५ जना
निको: १२

कामनपा -३१ शान्तिनगर
संक्रमित: ५१
निको भएकोः ३१ जना
होम आइसोलेसनमाः १३ जना
मुत्यु: १

कामनपा ३२ कोटेश्वर
संक्रमित: २०३
निको भएको :८६७ जना
मृत्यु: १ जना
होम आइसोलेसनमा: ७१ जना

Logo