वीरगन्ज ।
पछिल्लो समय कोरोनाको केन्द्र जस्तै बनेको बीरगंजमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गए राति गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये ३० जना महिला र एक जना डेढ वर्षका बालक रहेको अस्पतालले जनाएको छ ।
पछिल्लो पटक संक्रमित भेटिएका मध्ये ६९ जना पर्साका, २४ जना बाराका र रौतहटका १७ जना छन् ।
प्रतिक्रिया