चितवनमा थप एक जना कोरोना सङ्क्रमणबाट मृत्यु

चितवनमा थप एक जना कोरोना सङ्क्रमणबाट मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार भदौ ५ गते श्वासप्रश्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व) का १, १ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।रासस

Logo