सरकारले तोक्यो निषेधाज्ञा र बन्दाबन्दीको मापदण्ड, कुन जिल्लामा कस्तो ?

सरकारले तोक्यो निषेधाज्ञा र बन्दाबन्दीको मापदण्ड, कुन जिल्लामा कस्तो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन् । जसमा मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्न मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। उनले मन्त्रालयले आफैंले नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिए।

उनले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षण पश्चात नेपालमा समेत ल्याइने जानकारी दिए। यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बुधबार १ हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो । मृत्यु हुनेको संख्या २५१ रहेको छ ।

Logo