नेपालका सात जिल्ला सङ्क्रमण मुक्त

नेपालका सात जिल्ला सङ्क्रमण मुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्ला सङ्क्रमण मुक्त भएका छन् । सोलुखुम्बु, मुस्ताङ, भोजपुर, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् । यस्तै उनले सङ्क्रमित देखिएका मध्ये १४४ जना सघन कक्षमा र १८ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि जानकारी दिए ।

प्रदेश नंं १ मा सात, प्रदेश नंं २ मा ३०, वाग्मती प्रदेशमा ६१, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा २० जना सघन कक्षमा उपचाररत छन् भने प्रदेश नंं १ मा एक, वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

संस्थागत आइसोलेसनमा १० हजार ४९३ र होम आइसोसनमा ७ हजार ६१५ जना रहेका छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार १०८ जना र क्यारन्टिनमा छ हजार ७६६ जना छन् ।

Logo