प्रदेश नं १ मा सङ्क्रमित तीन हजार

प्रदेश नं १ मा सङ्क्रमित तीन हजार

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ८७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये २१ महिला र ६६ जना पुरुष छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ तथा पाँचथर र धनकुटामा एकएक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका कोरोना सङ्क्रमितमा इनरुवामा चार महिला र २२ पुरुष, इटहरीमा तीन महिला र १८ पुरुष, दुहवीमा तीन महिला र चार पुरुष, धरानमा एक महिला र एक पुरुष, विराटनगरमा तीन महिला र सात पुरुष, बेलबारीमा दुई महिला र एक पुरुष तथा रतुवामाईमा दुई पुरुषमा छन् ।

मन्त्रालयका अनुसार झापाको दमकमा तीन महिला र पाँच पुरुष, बाह्रदशीमा एक महिला र तीन पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा एकएक पुरुष, पाँचथरको फिदिममा एक पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ४५४ पुगेको छ । मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र कोभिड–१९ आइसोलेसन केन्द्र रङ्गेलीबाट दुई गरी १४ जना निको भएर घर फर्केका छन् । हालसम्ममा कोरोनाबाट मुक्त भएर घर फर्केनेको सङ्ख्या एक हजार ६०३ पुगेको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा एक हजार १७५ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्ममा ९० हजार १६५ जनाको परीक्षण भइसकेको छ । पछिल्लो समयको तथ्याङ्कलाई हेर्दा विराटनगर उपमहानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो तथा सुनसरी, मोरङ र झापा जिल्लामा बढ्ने क्रममा रहेको पाइएको छ ।

Logo