हटस्पट बनेका जिल्लामा कोरोना नियन्त्रण गर्न विज्ञहरुको सुझाव

हटस्पट बनेका जिल्लामा कोरोना नियन्त्रण गर्न विज्ञहरुको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताए।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित छन् । मंगलबार एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ ।

“ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्क्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौँ ”, उनले भने ।

जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको छ । महिलामा आठ प्रतिशत र वृद्धमा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको जनाइएको छ । डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने पनि बताए।

Logo