नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो , आज ११ जना थपिए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुग्यो , आज ११ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । आइतबार १४ जनाको मृत्यु भएको थियो । सोमबार ७ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ४०,५२९ पुगेको छ । आज १,०६९ जना थपिएका छन् । सोमबार ८९९ जना थपिएका थिए । आइतबार १,२२१ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ४८१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३९३ , भक्तपुरमा ३० र ललितपुरमा ५८ जना थपिएका हुन् ।

आइतबार ४२९ जना थपिएका थिए । सोमबार २९८ जना थपिएका थिए । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ४,९१५ , भक्तपुरमा ५४७ र ललितपुरमा ७४३ पुगेको छ ।

यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ६,२०५ पुगेको छ । आज १२ हजार ८८ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २२ हजार १७८ पुगेको छ । आज ७६८ जना निको भएका छन् । सोमबार ५८८ जना निको भएका थिए । आइतबार २६७ जना निको भए ।

Logo