कोरोना सङ्क्रमणबाट चितवनमा आज एक जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा आज एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ ।

कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको बिहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनका नौ, मकवानपुरका चार, बारा, गोरखा, कैलाली र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एकएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जिल्लाका ७३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।रासस

Logo